मुक्तक तथा गजल संग्रह
#मुक्तक रसिला आखको त्यो भाब देखेर मिहिनेती तिम्रो त्यो लगाब देखेर म त कल्पनाको सागरमा डुबेछु तिमिलाई पाउने त्यो ख्वाब देखेर।। #मुक्तक ती मिहिनेतका हातहरु हुन ठेला परेका छन हेर ठग हजार इमान्दार एक फेला परेका छन हेर यहाँ जता पैसा उतै पल्किने तातीको कमि छैन दिमाग भएका विद्वानहरु अकेला परेका छन हेर।। #मुक्तक बादल गड्गडायो र त पानी पर्यो माया पर्यो जानी या नजानी पर्यो जब उस्ले मुटु टुत्रा परेर गयि तब पो तिनपानेको बानी पर्यो।। मुक्तक अह जति गरे पनि ध्यान हटेन मेरो माया तिमी प्रती कैले घटेन मेरो दिनमा त तिमिलाइ हेरेर बिताउथे तर यो रात त कहिले कटेन मेरो ।। #मुक्तक सानोमा तातेताते गराउने पिता तिमी जिवनको पाठ पढाउने पिता तिमी सुखमा ताली दिदै गल्तीमा गाली दिदै लक्ष्यमा आगि बढाउने पिता तिमी।। #मुक्तक तिमिले के गर्यौ कुन्नी यो मनले तिमिलाइ मन पराइसके हजारौं ख्याल ति मनमा राखी उनकै यादमा हराइसके मनमा समेटिए कुरा पोकाको पोकै रहे तर पनि तिम्रै नाममा मन्दिरमा फुल च...